नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10528 · वि.सं. २०७७

नि.नं. 10528 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

अभियोजन पक्षले आवश्यक प्रमाण सङ्कलन गरी सङ्कलित प्रमाणको आधारमा अभियुक्तको पहिचान स्पष्‍ट गरी मुद्दा दर्ता गर्नुपर्दछ । अवस्था र परिस्थितिअनुसार पछि पक्राउ परेको व्यक्ति नै आरोपित व्यक्ति हो भनेर खुल्ने ठोस सबुत प्रमाण पेस गर्नु अनुसन्धान एवम् अभियोजनकर्ताको कानूनी दायित्व हो । कसैलाई आरोप लगाउनु र पक्राउ गर्नु कुनै औपचारिकतासम्म पूरा गर्ने विषय होइन । अभियुक्तको बाबुको नाम र वतन नै फरक परिरहेको, व्यक्ति एउटै हो भन्ने आधिकारिक प्रमाणबेगर हचुवा ढङ्गबाट व्यक्ति एउटै हो भन्नु कानूनसम्मत नहुने । व्यक्तिको पहिचान (Identity) नै स्पष्ट नगरी र सो सम्बन्धमा तथ्यपूर्ण अनुसन्धान नै नगरी एउटै व्यक्ति हो भनी निष्कर्ष निकाल्नु कानूनसम्मत नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10528
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2077/06/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको रायसँग सहमत हुन नसकिएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नू भन्नेसमेत व्यहोराको यस अदालतका संयुक्त इजलासका माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाबाट व्यक्त भएको राय कायम हुनुपर्छ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठको राय सदर हुनु पर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाबाट व्यक्त भएको राय मनासिब देखियो । निवेदन मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी भई निवेदकलाई प्रस्तुत विवादका सन्दर्भमा बनाएको बन्दी अवस्थाबाट तत्काल थुनामुक्त गरिदिनू भनी विपक्षीहरूका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । निवेदकलाई थुनामुक्त गरिदिनू भनी संक्षिप्त आदेश जारी भइसकेकाले थप केही गरिरहन परेन । यो आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरूलाई दिनू । प्रस्तुत रिट निवेदनको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
मुद्दा नं.०७७-WF-०००१ | ०७१-CR-००५०
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10528
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्