नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10525 · वि.सं. २०७७
नि.नं. 10525 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृत्यकालीन घोषणाको सम्बन्धमा मृतकले आफ्नो मृत्युको बारेमा मृत्यु हुनुभन्दा अगाडि आधिकारिक रूपमा आफ्ना भनाइहरू राखेको हुनुपर्ने । कुनै आधिकारिक व्यक्तिको रोहवरमा मृतकको भनाइ व्यक्त नभएको र त्यसलाई प्रामाणिक मान्यता दिनुपर्ने आवश्यक रोह रीत नपुगेकोमा मृतकले मृत्यु हुनुपूर्व व्यक्त गरेको भनाइले प्रामाणिक मूल्य र मान्यता राख्न नसक्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10525 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७५-CR-०८४७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10525 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
