नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10520 · वि.सं. २०७७
नि.नं. 10520 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्वास्थ्य परीक्षण तथा अन्य सबुद प्रमाणबाट प्रमाणित नभएको तथा पीडित र जाहेरवाली दुवैजनाले अदालतमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन भनी प्रतिकूल बकपत्र गरेको अवस्थामा वस्तुनिष्ठ ठोस प्रमाणको अभावमा केवल किटानी जाहेरी दरखास्तको आधारमा मात्रै प्रतिवादीले आरोपित जबरजस्ती करणीको कसुर गरेका हुन् भनी विश्वास गर्न नसकिने । (प्रकरण नं.६) जबरजस्ती करणीको आरोपलाई हलुका तरिकाबाट हेर्न मिल्ने हुँदैन । यस्तो कार्यले गलत प्रवृत्ति पनि सिर्जना गर्ने हुन्छ । आरोपित व्यक्ति निर्दोष रहेको प्रमाणित भएको अवस्थामा निजको अमूल्य जीवनको लामो अवधि निष्क्रिय मात्र नभई प्रतिकूल परिस्थितिमा पुगेको अवस्थामा समय, सामाजिक व्यवहार र दृष्टिकोण एवं कतिपय वृत्ति विकासका सम्भावनामा अपूरणीय क्षति हुने हुन्छ । कुनै व्यक्तिगत रिस वा कसैको उक्साहटमा आरोप लगाएबापत कुनै जिम्मेवारी लिनु नपर्ने वा दायित्व बेहोर्नु नपर्ने प्रवृत्तिलाई निरूत्साहित गर्नु वाञ्छनीय देखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10520 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2076/11/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७५-CR-१६३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10520 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
