नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10518 · वि.सं. २०७७

नि.नं. 10518 — भ्रष्‍टाचार (घुस / रिसवत)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसैको दबाब, प्रभावमा परी वा आफ्नो घोषित, अघोषित राजनीतिक वा अन्य आस्थाको कारण माथिल्लो तहमा हुने संस्थागत भ्रष्टाचारलाई लुकाउन दबाउन वा प्रकाशमा ल्याउन नदिन अनुसन्धानकर्ताले कुनै प्रकारको भूमिका खेल्दछ भने त्यस्ता अनुसन्धानकर्ता स्वतन्त्र अनुसन्धान गर्न असक्षम हुने । केही तल्लो तह वा स्तरमा काम गर्ने राष्ट्रसेवकउपर मुद्दा चलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्य प्रगति देखाउने तर संस्थागत रूपमा भएका भ्रष्टाचारलाई उजागर नगरी वा कुनै प्रकारले प्रभावित भई वा कसैप्रति सहानुभूति राखी अनुसन्धानको कोण नै बदली कसैलाई बचाव र प्रमाणित हुन नसक्ने प्रकृतिको आरोप लगाउँछ वा लगाउने गर्दछ भने त्यस्ता अनुसन्धानकर्ताले नेपालको संविधानको धारा २३८ र २३९ ले अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धमा गरेको प्रबन्ध, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ को मर्म र मनसायप्रति छलकपट वा खेलवाड गरेको मान्‍नुपर्ने । अनुसन्धानमा संलग्न निकाय र अधिकारीहरू आफ्नो कर्तव्य र जिम्मेवारीप्रति संवेदनशील र सजग भएनन्, आफ्नो अनुसन्धानको जिम्मेवारी लिनुपरेन, गलत वा अपूर्ण वा पूर्वाग्रहयुक्त वा प्रायोजित अनुसन्धान गरियो भने वास्तवमा आपराधिक जिम्मेवारी लिनुपर्ने राष्ट्रसेवक गलत काम गरे पनि उन्मुक्ति पाई बस्ने र निर्दोष वा कसुरको मात्राअनुसार तल्लो वर्गमा पर्ने राष्ट्रसेवकले आफ्नो कसुरको मात्राभन्दा बढी सजाय भोग्नुपर्ने भन्ने नेपालको संविधान र भ्रष्टाचारसँग सम्बन्धित प्रचलित कानूनहरूमा विधायिकाको मनसाय नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10518
मुद्दाको विषयभ्रष्‍टाचार (घुस / रिसवत)
निर्णय वर्ष / मिति2076/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
मुद्दा नं.०७४-CR-१२९२
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10518
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्