नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10513 · वि.सं. २०७७
नि.नं. 10513 — कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
अन्यथा प्रमाणित नभएको अवस्थामा अनुसन्धानको क्रममा भएको बयानलाई प्रमाणमा लिन मिल्ने देखिन्छ । अनुसन्धानको क्रममा भएको बयान निरपेक्ष रूपले जुनसुकै अवस्थामा प्रमाणमा ग्राह्य नहुने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१४) समूहमा रही वारदातस्थलसम्म पुगेको भन्ने आधारमा मात्र सबैलाई मुख्य अपराधीसरह व्यवहार गर्नु उचित हुँदैन । समूहमा रहने हरेक प्रतिवादीको अपराधमा संलग्नता तथा निभाएको भूमिका पुष्टि भई सोही आधारमा मात्र कसुर कायम गरिनु पर्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10513 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2076/05/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री तेजबहादुर के. सी. | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी |
| मुद्दा नं. | ०७२-CR-१४०९ | ०७२-CR-१४२७ | ०७२-CR-१५१७ | ०७२-CR-१५३८ | ०७२-CR-१६०१ | ०७२-CR-१७८३ | ०७२-CR-१७८४ | ०७२-CR-१८७० | ०७३-RC-०१७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10513 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
