नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10510 · वि.सं. २०७७

नि.नं. 10510 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

संस्था दर्ता ऐन, २०३४ मा व्यवस्था भएबमोजिम दर्ता भएको संगठित संस्थाले गरेको काम सार्वजनिक पद धारण गरेको व्यक्तिको परिभाषाभित्र नपर्ने देखिँदा त्यस्तो संस्थाको काम कारबाही बारेमा अनुगमन गर्नेसमेतको अख्तियारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहे भएको नदेखिने । (प्रकरण नं.१५) नेपालको संविधान तथा कानूनी व्यवस्था हेर्दा सार्वजनिक निकाय पनि नरहेको, सार्वजनिक पदाधिकारी पनि नरहेको गैरसरकारी संस्थाको हकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नरहने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10510
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७३-WO-०२९३ | ०७३-FN-०४४६
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10510
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्