नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10506 · वि.सं. २०७७
नि.नं. 10506 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपराधले पूर्णता नपाउने विभिन्न कारणहरू हुन सक्छन् । यस्तै कुनै कारणबाट अपराध घटित हुनबाट रोकिएको देखिनुपर्छ भन्ने हुँदैन । पीडकलाई डर, त्रास वा भौतिक शक्ति वा प्रतिवादीको आपराधिक क्रियाकलापलाई रोक्ने अरू त्यस्तै प्रभावकारी कार्य जस्तो; रूने, कराउने वा प्रतिवादीको कुकार्यको बारेमा संरक्षकलाई भनिदिन्छ भन्ने जस्ता कारणबाट प्रतिवादीलाई आपराधिक कार्य गर्नबाट रोक्छ र अपराधले पूर्णता पाउँदैन भने उद्योगको अवस्था सिर्जना हुने । सबै अवस्थामा प्रतिवादीलाई शक्ति प्रयोग गरी अपराध गर्नबाट रोकिए मात्र उद्योग भएको भन्न नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10506 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2076/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री रमेश पोखरेल | माननीय न्यायाधीश श्री मुहम्मद साबिर हुसैन |
| मुद्दा नं. | ०७३-CR-०६४१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10506 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
