नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 105 · वि.सं. २०१७
नि.नं. 105 — जग्गा बाली लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रधान न्यायाधीशको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान मुलुकी ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएमा खड्गनिसाना भएको मुद्दा दोहर्याई हेर्ने विषयको अधिकारको व्यवस्था नभएमा प्रधान न्यायालय ऐन ननिस्कदैं मुद्दा दोहर्याउन आदेश दिन नमिल्ने । प्रधान न्यायाधीशले प्रधान न्यायालय ऐन ननिस्कदैं यो मुद्दा दोहर्याउने आदेश दिनु भएको । उहाँको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान, मुलुकी, ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएको । सो बाहेक खड्गनिसान भएको मुद्दा दोहर्याई हेर्ने विषयमा अधिकारको व्यवस्था नभएको हुनाले त्यस तर्फबाट मुद्दा दोहर्याउन अधिकार छ भनी निवेदन गर्न सक्दैन । (प्रकरण नं. १६) (२) २०१४।१।१० मा भएको शाही आदेश। कस्तो मुद्दा दोहर्याई हेर्नु भन्ने बारे । सम्वत् २००७ साल बैशाख १ गते देखि सम्वत् ०७ साल फाल्गुन ६ गते तक खडगनिसाना १/२ छापेबाट सदर भई फैसला भएको र सम्वत् ०७ साल फाल्गुन ७ गते देखि ०१२ साल चैत्र मसान्त तक सदर मामिला निक्सारी र सो मामिला निक्सारी समावेश भएको । प्रधान न्यायालयबाट फैसला भएको दोहर्याई पाउँ भन्नेले आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा बिन्तिपत्र प्रमांगीको ६ नम्बरको अवधी नघाई बिन्तिपत्र दिएकोमा पं्रधान न्यायालयले कारवाई चलाई सकेको वा मौकैमा तोक आदेश नगरी स्थगित राखेकोमा पछि खारेज गर्ने गरेको मुद्दा मामिला मध्ये अघि खड्ग निसाना १/२ छापेबाट वा प्रधान न्यायालयबाट दोहर्याई हेर्दा अघिल्लो फैसला सदर भई सकेकोमा बाहेक १ पटक सम्म अदालतले म्याद थामी कानून बमोजिम दोहर्याई दिनु भनी १४।१।१० को शाही आदेश । (प्रकरण नं. १६) (३) कस्तो मुद्दा १४।१।१० को शाही आदेश अन्तर्गत नपर्ने । प्रस्तुत मुद्दा प्रधान न्यायालयबाट फैसला भएपछि हुकुम प्रमांगी बमोजिम दोहरी प्रधान न्यायालयकै इन्साफ सदर गरी ०७ सालमा खड्ग निशाना फैसला भएको देखिनाले शाही आदेश अन्तर्गत दोहर्याई हेर्न समेत मिल्दैन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 105 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली लुटपिट |
| निर्णय वर्ष / मिति | 2017/09/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 105 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
