नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10497 · वि.सं. २०७७

नि.नं. 10497 — क्षतिपूर्ति

सिद्धान्त / नजिर सार (Headnote Summary)

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१) ले सवारी साधनको तेस्रो पक्ष बिमा गर्नु पर्ने अनिवार्य व्यवस्था गरेको र उक्त व्यवस्था बिमित सवारी साधनबाट सवारी दुर्घटना भई तेस्रो पक्षलाई क्षति भएकोमा क्षतिपूर्ति दिलाउने प्रयोजनको लागि गरिएको कल्याणकारी व्यवस्था रहेको हुँदा ऐनको उक्त फराकिलो उद्देश्य र मर्मको प्रतिकुल बिमालेखको सम्झौता वा सर्तमा उल्लेख गरेर वा त्यसको यान्त्रिक व्याख्या गरेर कानूनमा भएको व्यवस्थालाई संकुचन गर्न नमिल्ने । (प्रकरण नं.४) सवारी धनीको जानकारी र सहमति बिना सवारी चालक अनुमतिपत्र नलिएको अन्य व्यक्तिले सवारी साधन लगी चलाउने क्रममा सवारी दुर्घटना हुन गएको अवस्थामा उक्त बिमालेखका सर्तहरूको यान्त्रिक व्याख्या गरी सो दुर्घटनाबाट सिर्जित तेस्रो पक्ष बिमा दायित्वबाट बिमक मुक्त हुन मिल्ने नदेखिने । (प्रकरण नं.५) तेस्रो पक्ष बिमा सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटनालाई नै ध्यानमा राखी गरिने र तेस्रो पक्ष बिमा नगरिएको अवस्थामा मात्र सवारी धनीले दुर्घटनामा भएको क्षतिको दायित्व आफैँले बेहोर्नु पर्ने हुन्छ । चालकको हेलचेक्र्याइँ वा मृतकको गल्तीले दुर्घटना घटेको छ भने पनि त्यस्तो व्यक्तिलाई तेस्रो पक्षको बिमा दायित्वको दायराभित्रै रहेको मान्‍नु पर्ने । (प्रकरण नं.६) तेस्रो पक्षको हानि नोक्सानी भएमा क्षतिपूर्ति बेहोर्ने उद्देश्यले तेस्रो पक्ष सवारी बिमा गरिएकोमा एउटै घटनाबाट सिर्जित बिमाबापतको आंशिक क्षतिपूर्ति मात्र बेहोर्ने र अन्य दायित्व वहन नगर्ने भन्‍न मिल्ने अवस्था हुँदैन । तेस्रो पक्षमा पर्न जाने क्षति बेहोर्ने प्रयोजनार्थ बिमा गरिएकोमा सो बिमाबमोजिमको समग्र दायित्व बिमकले बेहोर्नु पर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10497
मुद्दाको विषयक्षतिपूर्ति
निर्णय वर्ष / मिति2076/07/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
मुद्दा नं.०७२-CI-२०११
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10497
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्