नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10489 · वि.सं. २०७७
नि.नं. 10489 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरूवा गर्ने निकायको स्वीकृति लिई कामकाजमा लगाएकोमा सरूवा भएको कार्यालयमा हाजिर हुन रमाना नै लिन नचाहने कर्मचारीलाई स्वेच्छाले साबिककै कार्यालयमा कामकाज गरिरहने अवसर प्रदान गर्न कानूनले नमिल्ने । (प्रकरण नं.७) सरूवा भएको कर्मचारीले रमाना नलिएको कारणबाट कानूनबमोजिम बढुवा हुनुपर्ने व्यक्तिलाई बढुवा नगरिएको अवस्थामा माथिल्लो तहको पदमा हुने बढुवाको सुविधाबाट निवेदकलाई वञ्चित गर्नु कानून र न्यायको दृष्टिबाट उचित नदेखिने । (प्रकरण नं.१०) बढुवाबाट वञ्चित व्यक्तिको निवेदनअनुसार अदालतको निर्णयबाट विस्थापित निजामती कर्मचारीको हकमा निजामती सेवा नियमावली, २०५० को नियम ८९ (ख) १ मा भएको कानूनी व्यवस्थाअनुसार बढुवाबाट वञ्चित व्यक्तिले गरेको दाबीअनुसार बढुवा निर्णय बदर गर्दा बढुवा पाएका व्यक्तिको हकमा अन्याय हुन जाने अवस्थालाई मध्यनजर गरी कानूनको हितकारी व्याख्याको सिद्धान्तअनुसार कानूनतः बढुवा पाउनु पर्ने व्यक्तिको हकमा पनि कानूनको उक्त व्यवस्था लागु हुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10489 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2076/10/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७४-NF-००१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10489 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
