नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10486 · वि.सं. २०७७

नि.नं. 10486 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

एकपटक कुनै एक आधारमा बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएपनि निजै व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण हुनु नपर्ने फरक कारण र आधार पछि उजागर हुन्छ भने अदालतले निजै व्यक्तिको पुन: पर्न आएको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई विशेष रूपमा हेरी अघि निर्क्यौल नभएको र परिवर्तित सन्दर्भलाई विचार गरी constructive resjudicata को आधारमा पुनर्विचार गर्न सक्ने । (प्रकरण नं.७) अदालतबाट भएका फैसलाअनुसार तोकिएको सजायलाई रिट निवेदनको माध्यमबाट सामान्य अवस्थामै बदर गर्दै जाने हो भने वा निष्क्रिय बनाउँदै जाने हो भने सो कार्य फैसला अन्तिमताको सिद्धान्तविपरीत हुने र अदालत बारम्बार एकै मुद्दामा अल्झिरहने प्रवल सम्भावना रहने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10486
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2076/10/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७६-WH-०१९४ | ०७६-WH-०१७५
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10486
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्