नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10482 · वि.सं. २०७७
नि.नं. 10482 — घरेलु हिंसा
सिद्धान्त / नजिर सार (Headnote Summary)
घरेलु हिंसासम्बन्धी ऐनमा प्रयुक्त “यातना” शब्दभित्र भौतिक रूपमा गरिने आक्रमण वा चोट पुर्याउने वा चोट पुर्याउने धम्की दिने, पीडितको मनमा त्रास सिर्जना गर्ने, स्वतन्त्रता खोस्ने, झुट्टा बात लगाउने, मानसिक हानि वा क्षति पुर्याउने आदि सबै कार्यहरू पर्छन् । त्यसमाथि घरेलु हिंसाको परिभाषामा नै “भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्य” भन्ने शब्दावलीको प्रयोग भएबाट यसभित्र माथि उल्लिखित कुराहरूको अतिरिक्त घरेलु सम्बन्ध रहेको व्यक्तिउपर गरिने क्रूर एवं निर्दयी, असमान, विभेदकारी र अपमान वा अपहेलनाजन्य व्यवहार पनि पर्ने । (प्रकरण नं.७) हिंसाभित्र शारीरिक, मानसिक र यौनिक हिंसा पर्ने, विवादको कारण सिर्जित मानसिक तथा यौनिक हिंसा निरन्तररूपमा चलिरहने कसुर (continuing offence) हुँदा प्रस्तुत मुद्दाको फिरादपत्र हदम्याद बाहिर दर्ता हुन आएको भनी मान्न नमिल्ने । (प्रकरण नं.१०) पति र पत्नीबिचको सम्बन्ध सहमतिमा आधारित सम्बन्ध मानिन्छ । यो सहमतिको निम्ति आफूमा रहेका शारीरिक, मानसिक र यौनिक दुबर्लताहरूबारे अर्को पक्षलाई पहिले नै जानकारी दिई पूर्णरूपमा सुसूचित सहमति (fully informed consent) प्राप्त गरिनु पर्ने दायित्व सम्बन्धका दुवै पक्षमा रहने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10482 |
|---|---|
| मुद्दाको विषय | घरेलु हिंसा |
| निर्णय वर्ष / मिति | 2076/11/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती |
| मुद्दा नं. | ०७४-CR-०१७४ | ०७०-PC-०९७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10482 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
