नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10477 · वि.सं. २०७७
नि.नं. 10477 — धितो लिलाम सकार बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
बैंकले ऋण असुल गर्न सुरक्षणको लागि राखेको अचल सम्पत्ति (धितो) मा रहेका अन्य वस्तुको मूल्य सो धितोको मूल्यमा समावेश गरी दिएन भन्ने आधारले मात्र सो लिलामसम्बन्धी कारबाही गैरकानूनी नहुने । (प्रकरण नं.८) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७ (१) मा भएको कानूनी व्यवस्थाको अधिकार प्रयोग गरी बैंकले आफ्नो लगानी असुलउपर गर्न कानूनबमोजिमको धितो जमानत लिलामी गर्दा कसैले सकार नगरेकाले आफ्नै नाउँमा लिलाम सकार गरी दर्तासमेत गरे गराएको कार्य कानूनसम्मत हुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10477 |
|---|---|
| मुद्दाको विषय | धितो लिलाम सकार बदर |
| निर्णय वर्ष / मिति | 2076/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही |
| मुद्दा नं. | ०६७-CI-०७०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10477 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
