नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10476 · वि.सं. २०७७
नि.नं. 10476 — मोही लगत कट्टा
सिद्धान्त / नजिर सार (Headnote Summary)
एक पुस्ताबाट अर्को पुस्तामा मोहियानी हक हस्तान्तरण हुने गरी व्याख्या भइसकेको परिप्रेक्ष्यमा समान पुस्ताको सौता दिदीको मोहियानी हक सौता बहिनीमा नामसारी गर्न नमिल्ने भनी व्याख्या गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्याख्यात्मक सङ्कुचन हुने । एकासगोलमा रही जग्गावालाको जग्गामा परिश्रम गर्ने, उत्पादकत्व बढाउने, जीवनभर त्यसैमा आश्रित रहने तर दर्तावाला मोही मरेपछि त्यसमा मोही हक प्राप्त गर्न नसक्ने भनी उक्त ऐनको दफा २६(१) को सङ्कुचित व्याख्या गर्नु न्यायपूर्ण हुन नसक्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10476 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कट्टा |
| निर्णय वर्ष / मिति | 2076/11/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर |
| मुद्दा नं. | ०७४-CI-०५९४ | ०७३-DP-१२९० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10476 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
