नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10472 · वि.सं. २०७७

नि.नं. 10472 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सरकारको स्थायी कर्मचारीलार्इ दरबन्दी भएको स्थानमा समायोजन गर्नुपर्नेमा सो नगरी दरबन्दी नै नभएको स्थानीय तहमा गरेको समायोजन कानूनसम्मत हुन नसक्ने । यस स्थितिमा संगठन संरचना र स्वीकृत दरबन्दीबमोजिम मात्र कर्मचारी समायोजन गर्नुपर्ने । (प्रकरण नं.१२) निवेदकलार्इ सम्भव भएसम्म समायोजनको लागि भरेको फाराममा उल्लिखित प्राथमिकता क्रममा रहेका कार्यालयहरूमा कर्मचारी समायोजन ऐन, २०७५ ले निर्धारण गरेको मापदण्डबमोजिम समायोजन गर्नुपर्नेमा सो नगरी दरबन्दी नै रिक्त नभएको स्थानीय तहमा समायोजन गर्ने गरी प्रत्यर्थी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र पत्रसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10472
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/11/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७६-WO-०५२२
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10472
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्