नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10470 · वि.सं. २०७७
नि.नं. 10470 — निर्णय दर्ता बदर गरी छुट जग्गा दा.खा. दर्ता गरिपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
छुट जग्गा दर्ताका लागि तोकिएको समयमा निवेदन नदिएको र आवश्यक काम कारबाही नगरी लामो समय भुक्तान भएपश्चात् मात्र छुट जग्गा दर्तासमेतका सम्बन्धमा अदालत प्रवेश गरेको अवस्थामा आफ्नो सम्पत्तिमाथि स्वामित्व भएको भन्ने पक्षले सो सम्पत्तिमाथि आफ्नो स्वामित्व र अधिकार स्थापित गर्ने दायित्व निर्वाह गर्नुपर्ने । (प्रकरण नं.५) छुट जग्गा दर्ताको लागि दाबी गर्ने पक्षले प्रथमतः दर्ता हुन छुट्नुको स्पष्ट कारण र आधार देखाउनु पर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10470 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता बदर गरी छुट जग्गा दा.खा. दर्ता गरिपाउँ । |
| निर्णय वर्ष / मिति | 2076/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल |
| मुद्दा नं. | ०७४-CI-०१७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10470 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
