नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10469 · वि.सं. २०७७

नि.नं. 10469 — हक कायम दर्ता नामसारीसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाण बुझ्ने क्रममा विशेषज्ञबाट राय माग गरी राय लिने कार्यविधिसमेत सम्पन्‍न भइसकेपश्चात् उक्त रायलाई तर्कसङ्गत रूपले खण्डन पनि नगर्ने प्रमाणमा पनि नलिने गर्न न्यायका मान्य सिद्धान्तबमोजिम नमिल्ने । (प्रकरण नं.६) अंशियारहरूको मन मिलेमा अदालतबाट लगाइने बन्डा जस्तो नभई कसैले एक ठाउँको सम्पत्ति र कसैले अर्को ठाउँको सम्पत्ति लिन सक्दछन् । कसैले घर मात्र, कसैले जग्गा मात्र लिन वा थोरै सम्पत्ति लिन एवं सम्पत्ति नै नलिनसमेत सक्दछन् । अंशियारहरूबिच मन मिलेमा बन्डा लाग्ने सम्पत्ति बन्डा नलगाउन र निजी आर्जनको वा दाइजो पेवाको सम्पत्ति पनि बन्डा लगाउन सक्ने । अंशियारहरूबिच कुरा नमिली अंश मुद्दा परेको अवस्थामा मात्र अदालतबाट कुन सम्पत्ति बन्डा लाग्ने र कुन नलाग्ने भनी यकिन गरी प्रत्येक कित्ता फोडी बन्डा लगाउन हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10469
मुद्दाको विषयहक कायम दर्ता नामसारीसमेत
निर्णय वर्ष / मिति2076/01/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको फरक राय
मुद्दा नं.०६९-NF-०००३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10469
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्