नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10468 · वि.सं. २०७७

नि.नं. 10468 — परमादेश / प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

जनताप्रति उत्तरदायी रहेको प्रजातान्त्रिक पद्धतिमा सर्वप्रथम सहर र बजारको वरिपरि नजिक स्थानहरूमा नि:शुल्क वा सशुल्क सवारी साधनहरूको पर्याप्त पार्किङको व्यवस्था मिलाउने प्रमुख कर्तव्य र दायित्व राज्यको नै बन्न जान्छ । राज्यबाट त्यो कर्तव्य र जिम्मेवारी सापेक्षित रूपमा पूरा नभएसम्म व्यक्तिबाट सवारी साधनलाई अव्यवस्थित पार्किङ गरेको कारणले सास्ती र झन्झट दिइरहन उपयुक्त नहुने । (प्रकरण नं.१०) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२१ को कानूनी व्यवस्थाअनुसार देशका सबै क्षेत्रमा विशेष गरी पुराना मुख्य सहर र बजार क्षेत्रका नजिक वरिपरिका आवश्यक ठाउँमा पर्याप्‍त मात्रामा निजी तथा सार्वजनिक सवारी साधनहरूको लागि पार्किङ क्षेत्र निर्धारण गरी पार्किङको समुचित व्यवस्था गर्नुपर्ने कानूनी दायित्व विपक्षी यातायात व्यवस्था मन्त्रालय, विभाग तथा मातहतका यातायात कार्यालयहरूको रहेकोमा सोअनुसार पर्याप्‍त मात्रामा पार्किङ क्षेत्रको व्यवस्थापन गरिएको भन्‍ने नदेखिएकले उक्त ऐनको दफा १२१ को व्यवस्थाअनुसार स्थानीय तहहरूसँग समन्वय गरी उचित र आवश्यक मात्रामा पार्किङ स्थलहरूको निर्धारण र व्यवस्था गर्ने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10468
मुद्दाको विषयपरमादेश / प्रतिषेध
निर्णय वर्ष / मिति2074/09/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७३-WO-१२४३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10468
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्