नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10462 · वि.सं. २०७७
नि.नं. 10462 — डाँक लिलाम पुर्जी दर्तासमेत बदर गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
साबिक मुलुकी ऐन, दण्ड सजायको महलको २६ नं. मा भएको व्यवस्थामा उल्लिखित "दुनियाँको बिगो जायजात गर्दा" भन्ने शब्दले महत्त्व राख्दछ । ऋण लिँदाको अवस्था नभई बिगोबापत जायजात गर्दा अन्य अंशियारको उमेर के रहेछ भनी हेर्नु पर्ने उक्त २६नं.को मनसाय रहेको देखिने । (प्रकरण नं.३) सम्पत्ति जायजात सम्बन्धमा भएको उक्त स्पष्ट कानूनी व्यवस्थाको अर्को अर्थ निस्कने गरी तथा अदालतबाट अन्तिम भई बसेको मुद्दाको कार्यान्वयनमा प्रतिकूल प्रभाव पर्ने गरी अन्य कानूनी व्यवस्थाको सहारा एवम् आड लिएर छिद्रान्वेषी प्रकृतिबाट व्याख्या गर्नु विधायिकाको मनसायविपरीत हुन जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10462 |
|---|---|
| मुद्दाको विषय | डाँक लिलाम पुर्जी दर्तासमेत बदर गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2076/08/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल |
| मुद्दा नं. | ०७३-CI-०११७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10462 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
