नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10460 · वि.सं. २०७७
नि.नं. 10460 — अपुताली हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि सम्पत्ति स्वामीविहीन (res nullius) रहन सक्दैन । सो सम्पत्तिको स्वामी कानूनबमोजिमको हकवाला वा त्यस्तो कुनै हकवाला नभएमा राज्यको हुन जान्छ । सम्पत्तिको स्वामीको मृत्यु भएका बखत उक्त सम्पत्तिको स्वामी को हुने भन्ने विषय प्रचलित अपुतालीसम्बन्धी कानूनले निर्धारण गर्ने विषय भएकोले अपुतालीको हकको सम्बन्धमा मृत्यु हुँदाको बखत कायम रहेको कानूनी व्यवस्था नै आकर्षित हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10460 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम |
| निर्णय वर्ष / मिति | 2076/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई |
| मुद्दा नं. | ०७०-CI-०२४२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10460 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
