नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10457 · वि.सं. २०७७
नि.नं. 10457 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
म्याद सूचना तामेल गरिएको व्यक्तिले जानकारी पाउन सक्ने गरी निजको वास्तविक वतन उल्लेख गरी म्याद जारी गर्नु र सोही वतनमा तामेल गरिनु पर्दछ । गलत वतन उल्लेख गरी तामेल भएको म्याद सूचनाबाट प्रतिवादको अवसर प्रदान गर्नुपर्ने कानूनी सर्त पूरा भएको सम्झन नमिल्ने । म्याद जारी गर्ने तथा तामेल गर्ने कार्य नै कानूनतः त्रुटिपूर्ण भएको अवस्थामा सो आधारमा भए गरिएका निर्णय वा फैसलाले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10457 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2076/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७६-WH-०११८ | ०७६-WO-०२४१ | ०६९-CR-२०७३ | ०७४-CS-२३२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10457 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
