नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10428 · वि.सं. २०७७
नि.नं. 10428 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबसम्म कर्मचारीको सेवाको सर्त र सुविधालाई कुनै निश्चित कानूनले व्यवस्थित गरेको हुँदैन, त्यस्तो परिस्थितिमा रोजगारदाता र कर्मचारीबिचमा भएको करारीय सम्बन्धलाई हेर्नुपर्ने । रोजगारदाता र कर्मचारी / श्रमिकको सेवा, सर्त र सुविधाको सम्बन्ध पनि एकप्रकारको करारीय दायित्व नै हो । यस्तो करारीय दायित्व करारका पक्षहरूलाई कानूनसरह नै लागू हुन्छ । कानूनसम्मत भएको करारको सर्त उल्लङ्घन गर्ने पक्षले कानूनी दायित्व निर्वाह गर्नुपर्ने । (प्रकरण नं.६) सरकारी सेवामा निरन्तर काम गर्ने अवसर पाएका कारणले मात्र फरक फरक सर्त लागू हुनेगरी भएका अलग अलग नियुक्तिलाई सुविधा प्राप्त गर्ने प्रयोजनको लागि सेवाको निरन्तरता भएको मान्न नसकिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10428 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2076/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०६९-WO-०३४७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10428 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
