नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10420 · वि.सं. २०७७
नि.नं. 10420 — कर्तव्य ज्यान, जबरजस्ती करणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
गम्भीर प्रकृतिको सजाय हुने मुद्दामा कुनै कारणबाट सम्बन्धित प्रतिवादी उपस्थित हुन नआएको स्थितिमा पनि निजको प्रतिवाद गर्नेसम्बन्धी स्वच्छ सुनुवाइ (Fair trial) को अधिकार सुरक्षित हुन सकोस भन्ने अभिप्रायले न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) मा प्रावधान व्यवस्थित गरिएको देखिन्छ । स्वच्छ सुनुवाइको मान्यताअनुसार यो प्रावधान ऐनमा समावेश भएको हो र यसलाई नेपालको संविधानको धारा २०(९) को सापेक्षतामा पनि हेर्न सकिन्छ । तसर्थ प्रतिवादीकी आमाले मुद्दामा अनुपस्थित रहेको छोराको हकमा भनी पेस गरेको निवेदन बेहोरालाई समेत हेरी, सोलाई समेत जानकारीमा लिई न्याय निरूपण गर्नु पर्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10420 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान, जबरजस्ती करणी । |
| निर्णय वर्ष / मिति | 2076/12/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री अवधविहारी सिन्हा | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह |
| मुद्दा नं. | ०७१-CR-००४१ | ०७५-RC-०१७२ | ०७६-FN-०२२९ | ०७४-RC-०१५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10420 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
