नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10417 · वि.सं. २०७७
नि.नं. 10417 — लागु औषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामान्यतः फौजदारी कसुरमा प्रति अभियुक्तउपरको कसुर छुट्टाछुट्टै प्रमाणित हुनुपर्ने तथा कसुरको मात्रासमेत प्रति अभियुक्त स्थापित हुनुपर्ने हुन्छ तथापि सामूहिक रूपमा एकआपसमा संगठित जालो भई गरेको कसुरमा कसुरको मात्रा पनि सामूहिक रूपमै समान हुने । केवल फरक-फरक स्थानमा पक्राउ परेको तथा सबैको साथबाट लागु औषध बरामद नभएको कारणले मात्र प्रतिवादीहरूको कसुरको मात्रा पनि फरक रहेको अनुमान गर्न नमिल्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10417 |
|---|---|
| मुद्दाको विषय | लागु औषध |
| निर्णय वर्ष / मिति | 2076/08/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री कुलप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की | माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७२-CR-१५०५ | ०७२-CR-१९२६ | ०७३-CR-००३१ | ०७३-CR-०१३४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10417 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
