नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10416 · वि.सं. २०७७

नि.नं. 10416 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसुर गरिरहेको अवस्थामा प्रत्यक्ष देख्‍ने र कसुरदारको पञ्‍जाबाट पीडितलाई बचाई प्रहरी बिटसम्म ल्याउने व्यक्ति रहेको कुरा प्रत्यक्षदर्शीहरूको मौकाको कागज तथा सो कुरा पुष्टि हुने गरी अदालतमा गरेको बकपत्रबाट देखिन आएकोमा यस्तो प्रमाणलाई ग्रहण गर्नु पर्ने । (प्रकरण नं.८) घटनापश्‍चात् भएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनले वस्तुगत प्रमाणको स्थान लिन्छ । त्यसैगरी, स्वयम् पीडित जो घटनाको असर र प्रभावबाट पीडामा परेको हुन्छ त्यस्तो व्यक्तिको कथनलाई जबरजस्ती करणीको कसुरमा झनै महत्त्वपूर्ण प्रमाण मानिने । (प्रकरण नं.९) कानूनबमोजिमको रीत पुर्‍याई सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने निजको उपस्थितिपश्‍चात् अदालतबाट हुने इन्साफको अनुमान गरी उपस्थित सहप्रतिवादीको हकमा समूहिक रूपमा गरेको आपराधिक कार्यको दायित्वलाई स्थगित गरी राख्‍न नमिल्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10416
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2076/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्‍चन्द्र इङनाम | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह | माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी
मुद्दा नं.०७५-CR-१२९३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10416
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्