नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10411 · वि.सं. २०७६

नि.नं. 10411 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

ठोस तथ्ययुक्त आधार प्रमाणबेगर अनुमान प्रमाणकै भरमा मुद्दामा एक पक्षले आफ्नो नियन्त्रण राखी संकलन गरेको प्रमाण जुन प्रमाण अदालतमा परीक्षण नै नभएको अवस्थामा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.११) उद्योगमा पनि त्यही आपराधिक मनसाय रहनु पर्छ, जुन कर्तव्य ज्यानको कसुरको लागि आवश्यक हुन्छ । यहाँ निन्दित मनसाय, निर्ममता, दयाहीनता त्यही श्रेणीको हुनुपर्छ जुन कर्तव्य ज्यानमा हुन्छ । उद्योग ठहर्नको लागि केवल तयारी मात्र नभई अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूले पूर्ण अपराधको नजिक (Dangerous proximity to the end) हुनुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10411
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2076/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती | माननीय न्यायाधीश श्री राजेन्द्र खरेल
मुद्दा नं.०७५-CR-०८४४
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10411
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्