नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10410 · वि.सं. २०७६
नि.नं. 10410 — मानव बेचबिखन तथा ओसारपसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
मानव बेचबिखन एवं ओसारपसारको मुद्दामा पीडितलाई प्रतिवादीले वास्तवमै बेचबिखन गर्न लगेको हो ? वा विवाह गर्न वा विवाह गरेर श्रीमान् श्रीमती भई लगेको र गएको हो भन्ने तथ्य पहिल्याउन अति गाह्रो हुने । सो तथ्यको निर्क्यौलमा पुग्न प्रथमतः अधिक मात्रामा पीडितको भनाइमा नै भर पर्नुपर्ने र सोही आधारमा नै निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं.९) पीडित अदालतसमक्ष उपस्थित भएर बकपत्र नगरे पनि सुरूमा अदालतसमक्ष भएको प्रमाणित बयानको महत्त्व र तौलमा कमी भएको भने हुँदैन । पीडित अदालतमा उपस्थित भएर सुरूमा अदालतबाट प्रमाणित भएको बयानको विपरीत प्रतिवादीको पक्ष र समर्थनमा हुने गरी गरेको बकपत्रभन्दा निज अदालतमा उपस्थित नै नभएर बकपत्र नगरेको अवस्थामा प्रतिवादी विरूद्धको कसुरलाई स्थापित गराउन बढी सघाउ पुर्याइरहेको हुन्छ । सुरूको प्रमाणित बयानलाई समर्थन हुने गरी पीडित अदालतमा उपस्थित भई बकपत्र नै नगरे पनि पीडितले मौकामा प्रतिवादीको कसुर विरूद्धमा सप्रमाण गरेको किटानी बकपत्र कानूनी आधारबिना निरर्थक नहुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10410 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार |
| निर्णय वर्ष / मिति | 2076/09/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री रामप्रसाद ओली | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७३-CR-११३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10410 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
