नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10408 · वि.सं. २०७६

नि.नं. 10408 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी व्यक्तिको शरीर र आत्मसम्मानमाथि समेत आघात लाग्ने जघन्य अपराध हो । सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्‍तताको अवस्थामा पुग्न सक्दछ । यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्कालै कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन सक्दछ । यस्तो अवस्था भनेकै Rape Trauma Syndrome को अवस्था हो । यस्ता अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनु पर्ने । (प्रकरण नं.७) जबरजस्ती करणी अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । अन्य अपराधमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा स्थिरताको विद्यमानता हुनुपर्छ भने जबरजस्ती करणीमा पीडितको भनाइमा पीडाको आघातको कारणले केही विरोधाभाष आउन सक्ने । जबरजस्ती करणीको वारदातमा घटना घट्‍यो कि घटेन भन्‍ने विषय बढी महत्त्वपूर्ण हुने र अदालतले पनि सोही कुरा नै विचार गर्नुपर्ने देखिन्छ । जबरजस्ती करणीको कसुरमा मुख्य वारदातस्थल नै पीडितको शरीर हुने । (प्रकरण नं.८) प्रभावकारी अनुसन्धान गरी पीडित तथा प्रतिवादीहरूको आर्थिक विवरण संकलन गर्नुपर्ने दायित्व राज्यको हो । यद्यपि अनुसन्धानको क्रममा अभीलेखीकरण गर्न नसक्नु वा अनुसन्धानमा अकर्मण्यता हुनुको परिणाम स्वरूप क्षतिपूर्ति नपाउने स्थिति सिर्जना हुन दिनु हुँदैन । साथै राज्यको निष्क्रियतालाई कम क्षतिपूर्तिको आधार बन्‍न दिनु तर्कसङ्गत समेत नहुने । (प्रकरण नं.३६) पीडितमाथि परेको पीडा मात्र नभई हिंसाको त्रासको कारणले निजको मानसिक स्वास्थ्यमा परेको आघातको असरलाई समेत विचार गरी क्षतिपूर्ति निर्धारण गर्नु उपयुक्त देखिने । (प्रकरण नं.३९) जबरजस्तीपूर्वक करणी गरेको कार्य कानूनको मात्र नभई मानवीयता, व्यक्तिगत अस्मिता र सामाजिक नैतिकताको समेत विपरीत हुन जाने । (प्रकरण नं.४३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10408
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2076/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री नरबहादुर शाही
मुद्दा नं.०७१-CR-०६५९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10408
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्