नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10405 · वि.सं. २०७६
नि.नं. 10405 — लागु औषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्यायिक स्वविवेकको प्रयोग गर्दा कसुरदारको दोषीपना, त्यस प्रकृतिको अपराधबाट समाजमा पर्ने प्रभाव, पीडित भए निजलाई परेको पीडा, मुद्दाको तथ्यसँग आबद्ध कतिपय विषयहरू विचार गरी कसुरको दायरा निर्धारण गर्नु उपयुक्त हुने । निश्चित अवधिको सजायको कानूनी व्यवस्था रहेको अवस्थाबाहेक कुनै पनि आरोपित व्यक्तिउपर पहिलोचोटिको अपराधमा सजाय गर्दा कसुरदारको दोषीपनाबारे स्पष्ट रूपले विचार नगरी एकैपटक उपल्लै हदको सजाय गर्ने हो भने उक्त व्यक्तिको अपराधप्रतिको धारणामा परिवर्तन आउन नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10405 |
|---|---|
| मुद्दाको विषय | लागु औषध |
| निर्णय वर्ष / मिति | 2076/09/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री हरिश्चन्द्र इङनाम | माननीय न्यायाधीश श्री पुष्पराज कोइराला | माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी |
| मुद्दा नं. | ०७५-CR-००६४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10405 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
