नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10394 · वि.सं. २०७६
नि.नं. 10394 — अपुताली हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्न सकिने देखिँदैन । अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्ने छैन । स्याहार संभार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्दछ वा कानूनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्त गर्न सक्दछ । तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने ठहर्छ । यसभित्र आफ्नो रगतको गर्भको सन्तान हुँदाहुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन सक्ने नदेखिने । (प्रकरण नं.५) आफ्नै उदरबाट जन्मेको छोरी भएको र सौतेना छोरा भई विमातृक रहेको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएको साथै सौतेना छोराको तुलनामा आफ्नै उदरतर्फको छोरी नै नजिकको हकवाला हुने कुरालाई कानूनत: स्वीकार गरिएको अवस्था हुँदा हकवाला छोरी विवाहिता हुनु वा नहुनुले कुनै अर्थ राख्ने नदेखिने । (प्रकरण नं.६) दुवै अंशियारको संयुक्त नाममा रहेको सम्पत्तिमा सौतेनी छोरा र सौतेनी आमा सगुनीदेवीको समान भाग रहेको देखिन्छ । संयुक्त नाममा सम्पत्ति राख्नुको अर्थ आफ्नो हक अर्का संयुक्त नामवालालाई समर्पण गर्न वा हस्तान्तरण गर्नु हो भनी मान्न मिल्ने नदेखिने । मर्ने व्यक्ति स्वयंको गर्भबाट जन्मेको सन्तान नै मर्ने व्यक्तिको नजिकको हकवाला मान्नु पर्ने हुन्छ । विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्करणको स्थिति आई विभेदित हुने अवस्था आउने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10394 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम |
| निर्णय वर्ष / मिति | 2076/09/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री शेखर चन्द्र अर्याल | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री बलराम बिष्ट | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०७३-NF-००३२ | ०६७-DP-०१३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10394 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
