नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10345 · वि.सं. २०७६
नि.नं. 10345 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनमा व्यवस्था भएको सुविधा जुन वर्गको लागि प्रदान गरिएको हो सोही वर्गको लागि हुने तर त्यस्तो सुविधा ग्रहण गर्ने वा नगर्ने भन्ने कुरा सो वर्गको व्यक्तिको इच्छामा निर्भर रहने । (प्रकरण नं.९) कार्य सम्पादनमा नै कम वा बेसी अङ्क प्राप्त गर्नेको हकमा औसतमा सो प्रतिबिम्बित हुन्छ र सो कुरा औसतसँग सम्बन्धित नभई कार्य सम्पादनसँग सम्बन्धित हुँदा त्यसलाई अस्वाभाविक मान्न नमिल्ने । (प्रकरण नं.१३) निजामती सेवा ऐन, २०४९ को दफा २१(२) अन्तर्गत लाभ प्राप्त गर्न सक्ने अवस्थाका व्यक्तिले पनि दफा २१(१) अन्तर्गतको सामान्य सर्तहरू पूरा गरेको अवस्थामा दफा २१(१) कै प्रक्रियाबाट बढुवा पाउने कुरामा कुनै प्रतिबन्ध लगाएको नदेखिने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10345 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2075/11/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७४-NF-००१४ | ०७१-WO-००७१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10345 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
