नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10340 · वि.सं. २०७६

नि.नं. 10340 — नक्‍कली नोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

अनुसन्धान गर्ने अधिकारीबाट तयार भएका कागजातहरूबाहेक कानूनी प्रक्रियाविपरीत तयार भएका कागजका आधारमा कसैका विरूद्ध अभियोजन गर्नु एक विश्लेषण र व्याख्याको विषय हुन सक्ला तर कानूनभन्दा बाहिर गएर गरिएको कार्यका विरूद्ध छुट्टै कानूनी प्रक्रिया अपनाउन आवश्‍यक हुन्छ । कुनै राजनीतिक दलसँग आबद्ध संगठन वा समूहले कुनै अपराधको अनुसन्धान गर्ने, कारबाही गर्ने, थुनामा राख्‍ने जस्ता कार्य गर्ने छुट नेपालको संविधान वा अन्य प्रचलित कानूनले नदिने । कार्यपालिका मातहतका अनुसन्धान र अभियोजन गर्ने निकाय वा पदाधिकारीले पनि यस्ता निश्‍चित राजनीतिक संगठन, समूह वा अमूक राजनीतिक दलसँगको आबद्धताको आडमा शक्ति प्रदर्शन गरी सामान्य जनताको संविधान प्रदत्त हकमा आघात पुर्‍याउने वा तिनीहरूको एकतर्फी भनाइमा लागेर कसैउपर अभियोग लगाउने कार्य गर्ने हो भने देशमा संविधान, कानून एवम‍् कानूनी राज्यको अवधारणाको उपहास हुन पुग्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10340
मुद्दाको विषयनक्‍कली नोट
निर्णय वर्ष / मिति2076/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई
मुद्दा नं.०६८-CR-०२५२ | ०६८-CR-०७५६ | ०६८-CR-०८४३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10340
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्