नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10338 · वि.सं. २०७६
नि.नं. 10338 — आयकर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अन्यथा प्रमाणित नभएसम्म वा कानूनद्वारा प्रतिबन्धित कार्य नगरेसम्म व्यवसाय सञ्चालन गर्दा व्यवसायीले कारोबारको हितमा आफैँ निर्णय गर्छन् भन्ने विश्वास गर्नुपर्ने । (प्रकरण नं.२) संशोधित कर निर्धारण गर्दा परल लागतभन्दा घटी मूल्याङ्कन गरेको भनेर मात्र पुग्दैन, सोको स्पष्ट आधारसमेत दिनु आवश्यक हुन्छ । कर निर्धारण प्रशासनिक निकायले गर्ने न्यायिक प्रकृतिको कार्य हो, आफूले गरेको निर्णयको समर्थनमा प्रमाण पुर्याउने भार निर्णयकर्ताको हुने । (प्रकरण नं.३) ऐनमा तोकिएको सुविधा कुनै निकायको सिफारिसमा मात्र प्राप्त हुने भन्ने स्पष्ट कार्यविधि तोकिएकोमा सोहीबमोजिम गर्नुपर्ने हुन्छ तर त्यस्तो कार्यविधि ऐनमा तोकिएको छैन भने कर छुटसम्बन्धी विषयको न्यायिक जानकारी आन्तरिक राजस्व विभाग आफैँले राख्नु पर्ने । (प्रकरण नं.४) कानूनले नै माग गरेकोमा बाहेक करदाताबाट अन्य निकायको सिफारिस माग गर्नु वा अदालतबाट आदेश ल्याएमा मात्र सुविधा पाउँछ भन्नुको पछाडि आफ्नो जिम्मेवारी पन्छ्याउने कोसिस रहेको मान्नु पर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10338 |
|---|---|
| मुद्दाको विषय | आयकर |
| निर्णय वर्ष / मिति | 2075/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७२-RB-०४७३ | ०७२-RB-०४७४ | ०६६-WO-०१५६ | ०६६-CR-०३६३ | ०६६-WO-०३७३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10338 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
