नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10335 · वि.सं. २०७६

नि.नं. 10335 — नाबालकसँग अप्राकृतिक मैथुन गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

आशय करणीमा यौनिक प्रकृतिको कार्य (Sexual in Nature) भए तापनि करणी गर्ने मनसाय नहुन सक्दछ । आसय करणीमा यौन दुर्व्यवहार मात्र पनि हुन सक्दछ । जसमा यौनजन्य कुरा लेखेर, देखाएर, हेरेर, छोएर वा बोलेर पीडितलाई हतोत्साही गरी आत्मसम्मानमा आघात लाग्ने कार्य गर्न सक्दछन् । जबरजस्ती करणीको कसुरमा करणीको मनसायको साथै त्यो मनसायलाई कार्यरूप दिने क्रियासमेत भएको हुनुपर्ने । शरीरको अङ्ग हेर्ने छुने काममा मात्र प्रतिवादी सीमित नरही यौनिक आसयलाई कार्यरूप दिई पीडितमाथि अमानवीय क्रिया गरी पीडितको मानसिक अवस्था मात्र नभई शारीरिक क्षतिसमेत भई Hymen च्यातिएको अवस्थामा प्रतिवादीले पीडितउपर गरेको कार्य आशय करणी मात्र गरेको भन्ने अवस्था नदेखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10335
मुद्दाको विषयनाबालकसँग अप्राकृतिक मैथुन गरेको
निर्णय वर्ष / मिति2075/03/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री बलभद्र बास्तोला | माननीय न्यायाधीश डा. श्री हरिवंश त्रिपाठी | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ
मुद्दा नं.०६७-CR-००२० | ०७२–CR-१८९३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्