नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10334 · वि.सं. २०७६

नि.नं. 10334 — चेक अनादर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै व्यक्तिलाई दिएको चेक स्वतः अनादर भएको भनी कानूनले मान्‍न मिल्दैन । धारकले सो चेक बैंकसमक्ष भुक्तानीको लागि प्रस्तुत गर्नु पर्दछ । साथै बैंकबाट चेक भुक्तानीको लागि पर्याप्त निक्षेप नरहेको भनी प्रमाणित भएकै हुनुपर्ने । (प्रकरण नं.६) चेक ड्रयीले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्थामा चेक अनादर हुने अवस्थाको सिर्जना हुन्छ । साथै चेक प्रदान गर्ने खातावालाको खातामा पर्याप्त रकम नभएको कारण बैङ्कबाट चेक धारकले रकम भुक्तानी पाउनबाट वञ्चित भएको अवस्थामा समेत चेक अनादर हुने । चेक भुक्तानीको लागी प्रतिवादीले वादीको नाममा चेक काटी दिएपछि वादीले कानूनले तोकेको समय सीमाभित्र भुक्तानीको लागि चेक बैंकसमक्ष प्रस्तुत गर्नुपर्ने दायित्व र जिम्मेवारी पुनरावेदक वादीकै हुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10334
मुद्दाको विषयचेक अनादर
निर्णय वर्ष / मिति2076/05/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी
मुद्दा नं.०७३-CR-०९९२ | ०७३-RI-१५८७
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10334
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्