नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10305 · वि.सं. २०७६

नि.नं. 10305 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनबमोजिमको प्रक्रियामार्फत अनुमति लिई सञ्चालन गरी आएको सार्वजनिक यातायातको प्रयोगमा जनताको स्वास्थ्य र खतरालाई ध्यानमा राखी मापदण्ड तोकेकोमा रोजगारमा नियन्त्रण गरी पेसा रोजगारको हक हनन् गर्न खोजेको भनी अर्थ गर्न नमिल्ने । (प्रकण नं.६) यातायात क्षेत्रमा नागरिकहरूलाई सरल पहुँच र सुविधा पुर्‍याउने र विकास निर्माण गर्ने दायित्व राज्यको भए तापनि यातायातमा सर्वसाधारणलाई पहुँच दिने नाउँमा हुने कुनै पनि कार्यले वातावरण, जनस्वास्थ्य र जीवनको सुरक्षामा नै प्रतिकूल असर पार्न सक्ने अवस्थामा त्यस्ता कार्यलाई रोक नलगाउने हो भने सरकारले नागरिक र कानूनप्रतिको आफ्नो दायित्व औचित्यपूर्ण र प्रभावकारी रूपमा पूरा गर्न सक्दैन र यस्तो अवस्था दिगो विकासको सिद्धान्तसमेतको विपरीत हुन जाने । (प्रकरण नं.८) जनसाधारणको जीवन र स्वास्थ्य नै जोखिममा पर्न सक्ने खतरालाई न्यूनीकरण गर्न आवश्यक कानूनी उपाय अवलम्बन गर्ने, तथा त्यस्ता सवारी साधनलाई नियमन गर्नका लागि मापदण्ड तोक्ने र आवश्यक परेमा रोक नै लगाउनेसमेतका अधिकार सरकारमा निहित रहने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10305
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/10/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७४-WO-०३४३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10305
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्