नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10304 · वि.सं. २०७६

नि.नं. 10304 — निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

ट्रेडमार्कले कम्पनी वा उद्यमीले उत्पादन गरेको वस्तुको छुट्टै परिचय दिनुका अलावा वस्तुको स्रोत र गुणस्तर कायम राख्ने र उस्तै किसिमका सामान उत्पादन गर्ने अर्को व्यवसाय वा ब्रान्डभन्दा फरक देखाउनसमेत मद्दत गर्दछ । बजारमा आउने विभिन्न मालवस्तुलाई छुट्‍याउनका लागि ट्रेडमार्क शब्द, चित्र वा लोगो, डिजायन वा अन्य परिचयात्मक आकृति प्रयोग गरिने हुँदा मूलत: ट्रेडमार्क दर्ताको उद्देश्य नै सो माल वा वस्तुलाई सर्वसाधारणमा परिचयात्मक रूपमा चिनाउने र सो माल वा वस्तुको गुणस्तर कायम राखी पर्न सक्ने नकारात्मक भ्रमलाई हटाउने, बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने र ट्रेडमार्कको धनीको व्यापारिक ख्यातिको रक्षा गर्नु नै हो । कसैको भ्रम सिर्जना हुने वा झुक्याउने गरी अनधिकृत रूपमा अर्काले प्रयोग गरेको ट्रेडमार्क प्रयोग गरेमा त्यस्तो कार्य गर्नबाट रोक्ने हक ट्रेडमार्कको धनीलाई प्राप्‍त हुने । (प्रकरण नं.३) जाँचबुझ र छानबिन गर्दा ट्रेडमार्क दर्ता गरी प्रमाणपत्र दिन नसकिने अवस्था भएमा ट्रेडमार्क दर्ताको निवेदन पहिला दर्ता भएको भन्ने आधारमा मात्र ट्रेडमार्क प्रदान गर्न सकिने नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10304
मुद्दाको विषयनिर्णय बदर
निर्णय वर्ष / मिति2075/03/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०६७-CI-१०७९ | ०६७-CI-१२७७
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10304
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्