नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10303 · वि.सं. २०७६
नि.नं. 10303 — ट्रेडमार्क दर्तासम्बन्धी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनैपनि फर्म कम्पनी वा व्यक्तिले आफ्नो Creation लाई सांकेतिक रूपबाट चिनाउन, अरूको भन्दा फरक देखाउन तथा त्यस्तो उत्पादन आफ्नो Creation हो भनी पुष्टि गर्न, प्रयोगमा ल्याइने शब्द, चिह्न वा चित्र वा यी तीनै कुराको संयुक्त रूपलाई ट्रेडमार्क भनिने । (प्रकरण नं.३) ट्रेडमार्क दर्ता प्रक्रियामा रहनु र दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको स्थिति हुनु फरक फरक कुरा हुन् । कानूनले अन्य देशमा ट्रेडमार्क दर्ता भएकोमा त्यस्तो दर्ताका प्रमाणपत्र साथै राखी उद्योग विभागमा दर्ताको लागि निवेदन दिनुपर्ने व्यवस्था गरेपछि सोबमोजिम ट्रेडमार्क दर्ता भएको हुनु पर्ने अनिवार्यता देखिन्छ । आवेदनमा उल्लेख गर्दैमा विदेशबाट ट्रेडमार्क दर्ताका प्रमाणपत्र प्राप्त नभएको अवस्थामा त्यस्तो प्रमाणपत्र प्राप्त भएको थियो भन्न नमिल्ने । (प्रकरण नं.७) केवल उत्पादन र विज्ञापन गरेकै आधारमा सो उत्पादनसँग सम्बन्धित ट्रेडमार्कले दर्ताको मान्यता पाउने र दर्ता हुने भन्ने मनसाय पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ र Paris Convention को Article 6 को D. मा भएको व्यवस्थामा रहे भएको नदेखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10303 |
|---|---|
| मुद्दाको विषय | ट्रेडमार्क दर्तासम्बन्धी |
| निर्णय वर्ष / मिति | 2076/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री प्रेमराज कार्की | माननीय न्यायाधीश श्री रमेशकुमार खत्री |
| मुद्दा नं. | ०७४-CI-१०९२ | ०७४-RI-०५७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10303 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
