नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10302 · वि.सं. २०७६
नि.नं. 10302 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
वारदातको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाक तथा कानबाट रगत निस्केको भन्ने देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा रगत जमेको भन्ने देखिएबाट मृतकको लासमा hanging को कुनै पनि लक्षण नदेखिएको हुँदा मृतकको मृत्यु hanging को कारणले नभई strangulation कै कारणबाट भएको हो भनी मान्नु पर्ने । (प्रकरण नं.९) परिस्थितिजन्य प्रमाणको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नु पर्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10302 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2076/02/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री राजकुमार वन | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको रायसँग मेरो राय फरक परेकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने बेहोराको सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको मिति २०७४।५।२५ को फैसलामा व्यक्त भएको राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको मिति २०७४।५।२५ को फैसलामा व्यक्त भएको राय । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय मिलेकै देखिँदा उक्त राय नै सदर हुने ठहर्छ । प्रतिवादीहरू रमेश मण्डल गनगाई र विजय मण्डल गनगाईलाई अभियोग दाबीबाट सफाइ दिने गरेको हदसम्म सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीले व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन । अरू तपसिलबमोजिम गर्नू । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय सदर हुने ठहरी फैसला भएकोमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४० ले "सर्वस्व" को सजाय नहुने व्यवस्था गरेको हुँदा सोही व्यवस्थाबमोजिम तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०७०।११।२८ को फैसलाको तपसिल खण्डको देहाय १ मा लेखिएको सर्वश्वको लगतकट्टा गरी जन्मकैदको मात्र लगत कसी असुल गर्नु भनी सुरू मोरङ जिल्ला अदालतमा लेखी पठाउनू ...............१ |
| मुद्दा नं. | ०७५-CF-०००१ | ०७५-CF-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10302 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
