नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10301 · वि.सं. २०७६

नि.नं. 10301 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर निर्धारण गर्दा कर अधिकृतले कानूनी व्यवस्थाको भावना र मर्मअनुकूल हुने गरी निर्धारण गर्नुपर्छ । कर निर्धारण गर्दा न्यायोचित (Justiciable) आधारलाई वास्तविक व्यवहारमै अवलम्बन गर्न सकेको अवस्थामा मात्र कर निर्धारणको कार्यको कानूनी प्रक्रियाले पूर्णता प्राप्त गरेको मानिन जाने । (प्रकरण नं.१३) फौजदारी कसुरको झलक दिने प्रकृतिको कार्य व्यवहारमा निर्णय गर्दा प्रमाण कागजातहरू बुझ्ने, पक्षलाई आफ्ना प्रमाणहरू पेस गर्ने पर्याप्त मौका दिने र सोका आधारमा कारण र आधारहरू स्पष्ट रूपमा खुलाई अत्यन्तै सावधानीपूर्वक शुल्क निर्धारण गर्नुपर्ने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10301
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/05/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७५-WF-०००५ | ०७४-WO-०४७५ | ०७४-WF-००१५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10301
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्