नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10299 · वि.सं. २०७६
नि.नं. 10299 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
गाई संवैधानिक रूपमा हाम्रो राष्ट्रिय पहिचानसँग जोडिएको विषय मात्र नभई हाम्रो धर्म, संस्कृति, सभ्यता र परम्पराको एक प्रतीक हुँदा गौरक्षा नेपालको एउटा राष्ट्रिय दायित्व हो भन्ने स्पष्ट हुने । (प्रकरण नं.५) गाई गोरुलगायतका पशुपंक्षीको संरक्षण कृषि, स्वास्थ्य, वातावरण र जैविक विविधताको संरक्षणको विषय तीनै तहका सरकारको साझा कार्यक्षेत्रको विषय देखियो । साथै यो विषय गरिब किसानको सुरक्षा र उन्नयनसमेतसँग जोडिएको हुँदा तिनै तहका सरकारहरूले योजनाबद्ध एवं समन्वयात्मक रूपमा आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्ने । (प्रकरण नं.२७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10299 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2076/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७५-WO-०८४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10299 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
