नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10295 · वि.सं. २०७६

नि.नं. 10295 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

ढिलो गरी अदालत प्रवेश गरेका, आफ्नो हक अधिकारप्रति सचेत वा जागरूक नरहेका, विषयवस्तुको स्थितिमा आधारभूत परिवर्तन भइसकेपछि वा तेस्रो पक्षको हक अधिकार सिर्जना भइसकेको अवस्थामा काल-तिरोहित दाबीलाई स्वीकार गर्नु समन्यायिक दृष्टिले उचित नदेखिएको अवस्थामा अवश्य नै अनुचित विलम्बको सिद्धान्त (Doctrine of Laches) को आधारमा अदालतले उपचार प्रदान गर्न इन्कार गर्नु पर्दछ । तर त्यसप्रकारको अवस्था नभएकोमा केबल गणितीय दृष्टिले यो सिद्धान्तको प्रयोग नगरिने । अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत रिट निवेदन गर्न कानूनले कुनै समय-सीमा निर्धारण गरेको छैन । यसको तात्पर्य जहिलेसुकै निवेदन गर्न पाइन्छ भन्ने नहुने । विवादको प्रकृति, पक्षको जागरूकता, निवेदकले अदालत प्रवेश गर्न लगाएको समय, तेस्रो पक्षको हकमा असर पर्न जाने अवस्था, माग गरेको उपचारको सान्दर्भिकता आदि कुराहरूको न्यायोचित मूल्याङ्कनका आधारमा अनुचित विलम्ब भए नभएको कुराको निरूपण गर्नु पर्ने । (प्रकरण नं.२) “कर्मचारी” भन्नाले निश्चित कानूनी प्रक्रियाबाट नियुक्त हुने, सेवाका सर्त र सुविधा तोकिएको, नियमित हाजिरी हुनेलगायत कर्मचारी र संस्थाका बिच एकअर्काप्रतिको दायित्व, कर्तव्य र जिम्मेवारी निर्धारित रहेको, सार्वजनिक जवाफदेहिता रहेको, र संस्थाभित्र पदीय-सोपानअनुसार कार्य सञ्चालन गर्ने व्यक्ति भन्ने बुझिने । खास कार्यका लागि सीमित समयावधिमा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको अवस्थामा ठेकेदार कम्पनी वा संस्थाको तर्फबाट काम गरेको व्यक्तिलाई कर्मचारी भनी मान्न युक्तिसङ्गत नदेखिने । (प्रकरण नं.९) कुनै पनि सार्वजनिक जवाफदेहीताको पदमा नियुक्त हुने व्यक्तिको लागि तोकिएको न्यूनतम योग्यता पूरा भएको छ भन्ने कुराको सुनिश्चितता कायम गर्नु छनौट प्रक्रियामा संलग्न हुने जुनसुकै निकाय वा पदाधिकारीको कर्तव्य र जिम्मेवार हुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10295
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/05/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७५-WO-०४७५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10295
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्