नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10294 · वि.सं. २०७६

नि.नं. 10294 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

"संवैधानिक प्रश्न" भित्र "कानूनी प्रश्न" सन्निहित हुने र कानूनी प्रश्नमा संविधानको आयामसमेत हुने हुँदा केही थप शब्दावलीहरू प्रयोग भयो भन्दैमा उच्च अदालतलाई धारा १४४(१) अन्तर्गत र सर्वोच्च अदालतलाई धारा १३३(२) द्वारा प्रदत्त अधिकार सारभूत रूपमा फरक रहेछ भन्न मिल्ने नदेखिने । (प्रकरण नं.२) वस्तुत: रिटको अधिकार क्षेत्रले पूर्ण समर्पण खोज्दछ । यो विशेष वा एकल रूपले प्रयोग हुने क्षेत्राधिकार (Exclusive Jurisdiction) हो । यसको अर्थ, यदि कुनै पक्षले दुईमध्ये कुनै क्षेत्राधिकार रोजी रिट निवेदन लिएर गएको छ भने सो विषयको अन्तिम निर्णय नभएसम्म पक्षहरू सोही अदालतबाट न्याय प्राप्त गर्ने प्रतिक्षामा रहनु पर्छ भन्ने देखिने । रिटको क्षेत्राधिकारअन्तर्गत उच्च अदालतले हेरेको कुनै विवादमा सो अदालतले गरेको अन्तरिम वा अन्तरकालीन आदेशउपर सर्वोच्च अदालतमा निवेदन लाग्न सक्ने व्यवस्था नदेखिने । रिटको क्षेत्राधिकार तथ्यको निरूपण गरिने सामान्य क्षेत्राधिकार होइन । संविधान प्रदत्त हकमा आक्रमण भएको, उपचारविहीनताको अवस्था बनेको वा सार्वजनिक हक वा सरोकारको विषयमा न्याय मरेको वा न्यायमा विचलन भएको अवस्थामा आकर्षित हुने । (प्रकरण नं.३) न्यायमा विचलन आएको अवस्था भई हस्तक्षेप गर्नु अत्यावश्यक भएको अवस्थामा बाहेक उच्च अदालतले गरेका अन्तरिम वा अन्तरकालीन प्रकृतिका आदेशमा उनीहरूको न्यायिक विवेकमा नै प्रभाव पर्ने गरी प्रयोग गरिनु औचित्यको दृष्टिबाट समेत विवेकपूर्ण नहुने । (प्रकरण नं.८) न्यायिक स्वायत्ततालाई माथिल्लो तहको अदालतले हरदम सम्मान गर्नुपर्छ । यसो नगरी स-साना कार्यविधिगत वा अन्तरिम प्रकृतिको आदेशमा माथिल्लो तहको अदालतले पुन: असाधारण क्षेत्राधिकारको प्रयोग गरी हस्तक्षेप गर्ने हो भने न्यायिक स्वायत्तता मर्न जान्छ र सबै अधिकार माथिल्लो अदालतमा केन्द्रीकृत हुन पुग्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10294
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/08/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
मुद्दा नं.०७४-WO-०१९० | ०७३-CP-०७२७ | ०६९-WO-०१९७ | ०६९-WO-११६७ | ०७४-WO-०१८० | ०७३-FN-०३४६ | ०७३-CI-०९४६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10294
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्