नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10259 · वि.सं. २०७६
नि.नं. 10259 — जबरजस्ती करणी (अप्राकृतिक मैथुन)
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामान्यतयाः महिला र पुरूषबिच स्वभाविक रूपमा हुने यौन एवम् मैथुनका क्रियालाई प्राकृतिक मैथुन र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनका क्रियाबाहेक अन्य अस्वाभाविक एवम् अप्राकृतिक तरिकाबाट हुने यौनजन्य क्रियाकलाप र मैथुन अप्राकृतिक हुने । (प्रकरण नं.७) यौनजन्य अपराधहरू यौन सन्तुष्टिका लागि गरिने हुँदा यौन सन्तुष्टि प्राप्त गर्ने इच्छा वा चाहना नै यौनजन्य अपराधको मानसिक तत्त्वको रूपमा रहेको हुन्छ । मनसाय आफैँमा सादृश्य विषय होइन । यो व्यक्तिले गरेको कार्य, आचरण, प्रकृति र स्वरूपबाट निर्क्यौल गरिने विषय हुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10259 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी (अप्राकृतिक मैथुन) |
| निर्णय वर्ष / मिति | 2075/11/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल |
| मुद्दा नं. | ०७४-CR-०२९२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10259 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
