नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10258 · वि.सं. २०७६
नि.नं. 10258 — निर्णय दर्ता बदर हक कायम दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
छुट जग्गा दर्ताको दाबी लिएर आउने पक्षले आफ्नो हकको स्रोतलाई निर्विवाद रूपमा पुष्टि गराउन सक्नु पर्ने । (प्रकरण नं.४) कानूनले निर्दिष्ट गरेको प्रक्रियाबमोजिम ७ नं. फाँटवारीसमेत भरेको नदेखिएको र कसैको पनि हकभोग, तिरो, दर्ताको रूपमा नरहेको जग्गा नापी हुँदा जग्गाधनी र जोताहा महल खाली राखी पर्ती जनिई फिल्डबुक तयार भई नेपाल सरकारको नाममा दर्ता भएको जग्गामा वादीको हक कायम हुन नसक्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10258 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता बदर हक कायम दर्ता |
| निर्णय वर्ष / मिति | 2075/10/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७३-CI-१८०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10258 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
