नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10256 · वि.सं. २०७६

नि.नं. 10256 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

सगोलको सम्पत्ति भन्नाले पुर्खौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्तिबाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनु पर्ने । (प्रकरण नं.७) अर्कालाई हक छोडी दिइसकेको सम्पत्तिको बारेमा दाताले पहिला आफूले व्यक्त गरेको कुरामा अन्यथा कुरा भन्दैमा त्यस्तो भनाइलाई आधार मानी प्रतिवादीको विरूद्धमा प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10256
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2076/02/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको राय । | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको रायसँग सहमत हुन नसकी उक्त कि.नं. १९१ को घर जग्गा सम्पत्ति पुनरावेदक प्रतिवादी लक्ष्मीसरा राईले आफूखुस एकलौटी गर्न पाउने प्रकृतिको भई बन्डा नलाग्ने ठहर्ने हुँदा यो छुट्टै राय व्यक्त गरेको छु । प्रस्तुत मुद्दाको लगत काटी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको राय । | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको राय कानूनसम्मत हुँदा सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरेको राय कानूनसम्मत हुँदा सो राय नै सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
मुद्दा नं.०७५-DF-०००३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10256
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्