नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10251 · वि.सं. २०७६

नि.नं. 10251 — लिखत दर्ता दाखिल खारेज बदर दर्ता हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

घरको मूली भएको व्यक्तिले घर व्यवहार चलाउन आफ्नो पालामा आर्जित सम्पत्तिमा आफूखुस गर्न पाउने भएपनि घर र घर परिवारको हितभन्दा बाहिर गएर गरिने आफूखुसीको बिक्री व्यवहारलाई मान्यता दिन नमिल्ने । पारिवारिक मनमुटाव भइरहेको स्थितिमा आफ्नै लागि पनि जरूरी अवस्थामा घरमूलीले केही सम्पत्ति बिक्री गर्न नपाउने भन्‍ने हुँदैन । घर परिवारमा प्रस्तुत मुद्दाको जस्तो नाबालिगसमेत रहेको अवस्था भए सम्पत्तिमा उनीहरूको अंश र हक हित पूर्णतः शून्य नै हुने गरी आफ्नै स्वार्थमा मात्र सिमित रहने घर व्यवहार चलाउन भनी बिक्री गर्न छुट हुँदैन । बिक्री भएको सम्पत्तिबाट प्राप्त रकम वादी नाबालिगहरूको हक हितमा प्रयोग भए नभए पनि वादी अंशियारहरूको अंशहक शून्य नहुने गरी घर व्यवहार चलाउन घरको मुख्य व्यक्तिले एकातर्फ कानूनले अधिकार प्रदान गरेबमोजिम केही सम्पत्ति बिक्री गर्न पाउने हुन्छ भने त्यसको साथसाथै बिक्री भएको सम्पत्तिमध्येबाट पनि नाबालिगहरूको अंश हक र हितसमेत समानुपातिक रूपमा संरक्षण गर्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10251
मुद्दाको विषयलिखत दर्ता दाखिल खारेज बदर दर्ता हक कायम
निर्णय वर्ष / मिति2075/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री भोजराज अधिकारी | माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०६८-CI-०३३० | ०६८-CI-०४८१ | ०६८-CR-०३१४ | ०६८-RI-०८३६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10251
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्