नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10246 · वि.सं. २०७६

नि.नं. 10246 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव्यक्त गरिदिएको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10246
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2075/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री इन्द्रबहादुर कार्की | माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेल | माननीय न्यायाधीश श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया | माननीय न्यायाधीश श्री अग्निप्रसाद थपलियाले र सुरूको फैसला उल्टी गरी प्रतिवादी विष्णुकुमार याख्खा राईले अभियोग मागदाबीबाट सफाइ पाउने राय व्यक्त गरी माननीय न्यायाधीश श्री कुमार चुडालले राय बाझी फैसला गरेकोले तेस्रो माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेलको इजलासमा पेस हुँदा प्रतिवादी विष्णुकुमार याख्खा राईलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको माननीय न्यायाधीश कुमार चुडालले व्यक्त गरेको राय सदर हुने ठहर्‍याई फैसला भएको देखिन्छ । | माननीय न्यायाधीश श्री कुमार चुडालको मिति २०७१।१।२८ को राय सदर हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।७।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
मुद्दा नं.०७२-CR-०२०५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10246
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्