नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10243 · वि.सं. २०७६
नि.नं. 10243 — वैदेशिक रोजगार ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
शंकास्पद कथनका आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.६) वैदेशिक रोजगारीमा पठाउने प्रयोजनका लागि रकम लिएको तथ्य स्थापित नभए पनि लिखतमा उल्लिखित रकम लिएको कुरा अन्यथा प्रमाणित नभएसम्म प्रतिवादीलाई देवानी दायित्व (Civil Liability) अन्तर्गत लिखतबमोजिमको रकम कानूनबमोजिम असुलउपर गर्न पाउने नै हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीले यस मुद्दाबाट फौजदारी दायित्व (Criminal Liability) बेहोर्नु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10243 |
|---|---|
| मुद्दाको विषय | वैदेशिक रोजगार ठगी |
| निर्णय वर्ष / मिति | 2076/01/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०६८-CR-०१०२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10243 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
