नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10241 · वि.सं. २०७६

नि.नं. 10241 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

खातामा चेकमा उल्लेख गरिएबमोजिम पर्याप्‍त रकम नभएको भन्‍ने चेक जारी गर्ने व्यक्तिलाई चेक जारी गर्ने बेलामा थाहा जानकारी भएको र उक्त तथ्य थाहा हुँदाहुँदै निजले दोस्रो व्यक्तिलाई रकम उल्लेख गरी चेक जारी गरेको हो भने त्यस्तो कार्य जानी जानी गरेको मान्नु पर्ने हुन्छ । वस्तुतः चेक जारी गरिने तर चेक भुक्तानी हुन नसक्ने अवस्थाको पूर्वजानकारीसहित चेक काट्ने तथा त्यसको आधारमा भुक्तानी लिने दिने कार्यले नै कसुरलाई स्थापित गर्ने नगर्ने सम्बन्धमा भूमिका खेल्ने । (प्रकरण नं.३) एउटै विषयवस्तुमा दुईतर्फ मुद्दा चल्न सक्ने नसक्ने विषयमा हेर्दा एउटा कार्यले एकभन्दा बढी कसुर कायम हुन सक्ने कानूनी व्यवस्था भएको स्थितिमा बाहेक एउटा कार्यको एउटै कसुर हुने हुन्छ । एउटा कसुरमा एउटा अदालतमा मुद्दा चलेपछि सोही कसुरका सम्बन्धमा अर्को अदालतमा मुद्दा चल्न सक्दैन र यदि मुद्दा चलेमा अभियुक्तलाई दुईपटक खतरामा पारेको मानिने । कसैले कुनै व्यक्तिलाई रकम उल्लेख गरी चेक काटी दिएमा र उक्त चेकको रकम खाम्ने गरी खातामा पर्याप्‍त रकम नभएको अवस्थामा चेक फिर्ता भएको विषय एकै पटक ठगी र बैंकिङ कसुर दुईवटा कसुर हुन सक्ने नदेखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10241
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2076/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल | माननीय न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यातज्यूको मिति २०६९।१०।२३ को राय । | माननीय न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यातज्यूको रायसँग सहमत नहुँदा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ८ (४) र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ बमोजिम तेस्रो न्यायाधीशको इजलाससमक्ष पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानज्यूको मिति २०६९।१०।२३ को राय । | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको रायसँग मेरो सहमति हुँदा सोही रायलाई समर्थन गरी दिएको छ भन्‍ने बेहोराको माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्यालज्यूको मिति २०६९।१२।१८ को राय तथा ठहर ।
मुद्दा नं.०७०-RB-००४०
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10241
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्